१ बर्ष अगाडि   २०८१ मंसिर १९ गते बुधबार   हेरिएका: ११२  


अब माओवादी कसैको वैशाखी टेक्दैन, आफ्नै खुट्टामा उभिएर लड्छ : प्रचण्ड

img

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लड्न अगाडि बढेको बताएका छन् ।

प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न जनतासमक्ष पुग्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नयाँ जनक्रान्तिको आवश्यकता रहेको दाबी गरे ।

‘सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक छ । त्यो क्रान्तिको सुरुवात हामीले गरेका छौं,’ प्रचण्डले भने ।

भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यका लागि उक्त आन्दोलन सुरु गरिएको उनले बताए ।

‘एउटा नयाँ क्रान्ति आवश्यक परेको छ । प्रतिक्रियावादीहरूका प्रतिगमनकारी हर्कतलाई परास्त गर्नका लागि जनताको बीचमा गएर एउटा नयाँ आन्दोलन सुरु गर्ने आवश्यकता भएको छ,’ गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने।

साथै, उनले माओवादी अब कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर लड्ने पनि जिकिर गरे ।

‘प्रतिगमनतिर जाने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने, खोस्ने जो षड्यन्त्र भएको छ, त्यसलाई परास्त गर्नका लागि एकचोटी अगाडि जानुछ । म त बाटो लागिसकेँ,’ प्रचण्डले भने, ‘मैले अब माओवादी कसैको वैशाखी टेक्दैन, आफ्नै खुट्टामा उभिएर लड्छ । माओवादीलाई अपमानित गर्ने सबैविरुद्ध हामी लडाईं लड्छौं भनेर भनेको छु । म अगाडि बढिसकेँ, अहिले म यो भन्दा धेरै भन्दिनँ ।’

img

सरल सहयात्री

अध्यक्ष

गणतन्त्र सेनानी कोष

img

भोला प्रसाद अर्याल

उपाध्यक्ष

गणतन्त्र सेनानी कोष

img

शंकर बोहोरा

सचिव

गणतन्त्र सेनानी कोष

img

शुष्पा भुजेल

कोषाध्यक्ष

गणतन्त्र सेनानी कोष

img

इश्वर सापकोटा

सदस्य

गणतन्त्र सेनानी कोष

img

इश्वर सापकोटा

सदस्य

गणतन्त्र सेनानी कोष

img

केशर कालिकोटे

सदस्य

गणतन्त्र सेनानी कोष

img

जानुका धमला

सदस्य

गणतन्त्र सेनानी कोष

img

संगिता कँडेल

सदस्य

गणतन्त्र सेनानी कोष